लुम्बिनीमा एमालेले टुङ्ग्यायो पाँच मन्त्री, आजै शपथ

लोकपथ
156
Shares

काठमाडौं। एमालेले लुम्बिनी प्रदेश सरकारमा पाँच मन्त्रीको नाम टुङ्गो लगाएको छ । एमालेले पाँचै जनाको नाम टुङ्गो लगाएर मुख्यमन्त्री जोखबहादुर महरालाई बुझाइसकेको हो ।

एमालेले भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी र बाँकेका रत्नबहादुर खत्रीलाई सरकारमा पठाउने निर्णय गरेको छ ।

एमाले स्रोतका अनुसार यसअघि एमालेले संसदीय दलका उपनेता अर्घाखाँचीका चेतनारायण आचार्यलाई सरकारमा पठाएको थियो । आचार्यले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

पाँचैजना मन्त्रीलाई आज बेलुकी ५ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?