स्वीडेनमा लिङ्ग परिवर्तन गर्ने सम्बन्धी नयाँ कानून पास

लोकपथ
104
Shares

काठमाडौं । स्वीडेनको संसदले बुधबार नयाँ कानुन अनुमोदन गरेको छ । नयाँ कानुन अनुमोदन भएसँगै अब स्वीडेनमा लिंग परिवर्तन गर्ने उमेर पनि घटाइएको छ ।

यसअघि १८ वर्षको उमेरपछि मात्रै लिंग परिवर्तन गर्न पाइने व्यवस्था रहेकोमा नयाँ कानुन परिवर्तनका लागि प्रक्रिया सुरु गर्न १६ वर्ष पुग्नु पर्ने छ । तर, १८ वर्ष मुनिका युवाले लिङ्ग परिवर्तन प्रक्रिया सुरु गर्नुअघि परिवारका सदस्य, चिकित्सक र राष्ट्रिय स्वास्थ्य तथा कल्याण बोर्डको स्वीकृति लिनुपर्नेछ ।

बुधबार स्वीडेनको संसदमा यस कानूनमाथि मतदान नै भएको थियो । जसमा २ सय ३४ सांसदले कानूनको पक्षमा मतदान गरेका छन् । जसमा ९४ सांसदले विपक्षमा मतदान गर्दा २१ सांसद भने मतदान प्रक्रियामै सामेल भएनन् ।

स्विडेनी सरकारका उदारवादी नेताहरू र दलहरूले यो कानूनलाई समर्थन गरिरहेका छन् भने केही क्रिश्चियन डेमोक्र्याटहरूले यसको विरोध गरिरहेका छन् । स्वीडेनको दक्षिणपन्थी पार्टी मानिने स्वीडेन डेमोक्र्याटले पनि कानूनको विरोध गरेको छ । यो पार्टी सरकारलाई समर्थन गर्छ तर सरकारको पक्षमा छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?