विराटनगरमा तनाव, प्रहरीद्वारा हवाई फायर र अश्रुग्यास प्रहार

लोकपथ
676
Shares

काठमाडौं । विराटनगरमा दुई समूहबीच विवाद भएको छ ।

रामनवमीको र्‍यालीमा दुई समूहबीच विवाद भएपछि रानी क्षेत्रकाे अवस्था नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ ।

राम नवमीको अवसरमा एउटा समूहले निकालेको र्‍यालीलाई अर्को समूहले अवरोध गरेपछि यस्तो अवस्था सृजना भएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

प्रहरीको हवाई फायर र अश्रुग्यास प्रहारपछि दुवै समूह तितरबितर भएको र हाल त्यहाँको अवस्था सामान्य रहेको प्रहरी उपरीक्षक कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?