सुहाङ्गलाई जिताएर पठाउनुस्, विकासको जिम्मा सुहाङ्गले लिन्छ सुहाङ्गको जिम्मा म लिन्छु : ओली

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम-२ मा हुने उपनिर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई जिताउन आग्रह गरेका छन् ।

बुधबार इलामको मंगलबारेमा भएको चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले इलामको विकास गर्ने सुवास नेम्वाङको सपना साकार पार्न पनि सुहाङलाई निर्वाचित गर्नुपर्ने बताएका हुन् ।

‘इलामबाट सुहाङ्गलाई जिताएर पठाउनुस्, विकासको जिम्मा सुहाङ्गले लिन्छ सुहाङ्गको जिम्मा म लिन्छु’, ओलीले भनेका छन् ।

उनले सुहाङले चुनाव जितेर पैसा कमाउने नभई देश विकास गर्ने पनि बताए । ‘पैसा कमाउने भए यो उकालो ओरालो किन कुद्नुपर्थ्यो, सोफामा बसेर एक दुई वटा मुद्दा हेरेर पनि कमाउन सक्थे । इलाम बनाउने अभियानलाई पूर्णता दिन भनेर सुहाङ उम्मेदवार बनेका हुन् । सुहाङले हार्दा सुहाङलाई घाटा हुँदैन, इलामलाई हुन्छ ।’ ओलीले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?