एकीकृत समाजवादीको महाधिवेशन असारमा

लोकपथ
78
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको जेठ ३ देखि ७ गतेसम्म हुने भनिएको महाधिवेशन सर्ने भएको छ ।
आज पार्टी कार्यालयमा बसेको सचिवालयको बैठकले जेठ ३ देखि ७ गतेसम्म हुने भनिएको महाधिवेशन सार्ने निर्णय गरेको हो ।

महाधिवेशन अब असार १६ देखि २० गते काठमाडौंमा हुने एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । आन्तरिक तयारीहरू गर्नुपर्ने भएकाले महाधिवेशन सार्ने निर्णय गरिएको प्रवक्ता खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?