एसीसी कप : अपराजित रहँदै नेपाल सेमिफाइनलमा

लोकपथ
1.8k
Shares
Nepal players celebrate the run out of Mohammad Nizakat Khan of Hong Kong, China during the ACC Men’s Premier Cup 2024 Group A match between Nepal and Hong Kong, China held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 15, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जित हात पारेको छ । साउदी अरबले दिएको ७४ रन पच्छ्याएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पूरा गरेको हो ।

नेपालका लागि गुलशन झा १९ बलमा ३२ रन जोड्दै नट आउट रहे । त्यस्तै, कप्तान रोहित पौडेल ७ बलमा १६ रनमा नट आउट रहे ।

ओपनर कुशल भुर्तेल शुन्य तथा आसिफ शेख र कुशल मल्ल २-२ रनमा आउट भए ।

अल अमेरत क्रिकेट ग्राउन्डमा साविक विजेता नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको थियो । नेपाल र साउदी अरबबीचको खेल ८ ओभरको खेलाइएको छ । गए राति ओमानमा वर्षा भएका कारण मैदान तयार नभएपछि खेल निर्धारित समयमा सुरु हुन सकेको थिएन जसका कारण खेललाई ८ ओभरमा घटाइएको थियो ।

नेपाल समूह ए बाट ३ खेलमा ६ अंकका साथ विजेता बन्दै यसअघि नै सेमिफाइनलमा पुगिसकेको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?