साउदी अरबले नेपाललाई दियो ७४ रनको लक्ष्य

लोकपथ
325
Shares

काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा साउदी अरबले नेपाललाई ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

साउदी अरबले निर्धारित ८ ओभरमा ७ विकेट गुमाउदै ७३ रन जोडेको हो । अल अमेरत क्रिकेट ग्राउन्डमा साविक विजेता नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको थियो ।

गए राति ओमानमा वर्षा भएका कारण मैदान तयार नभएपछि खेल निर्धारित समयमा सुरु हुन सकेको थिएन जसका कारण खेललाई ८ ओभरमा घटाइएको थियो ।

नेपाल समूह ए बाट ३ खेलमा ६ अंकका साथ विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ ।
साउदी अरब ३ खेलमा २ हार र एक जितसहित २ अंकसाथ तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?