एसीसी प्रिमियर कप : नेपाल र साउदी अरबको खेल ८ ओभरको हुने

लोकपथ
468
Shares

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र साउदी अरबबीचको खेल ८ ओभरको हुने भएको छ ।

खेल निर्धारित समय मध्याह्न ११ : ४५ मा अल अमरेत क्रिकेट ग्राउन्ड–२ मा सुरु हुनुपर्ने थियो । गए राति ओमानमा वर्षा भएका कारण खेल निर्धारित समयमा सुरु हुन नसकेको हो ।

३ खेल खेलेको साउदीले २ मा हार र एकमा जितसहित २ अंकका साथ तेस्रो स्थानमा छ । नेपाललाई हराउन सके ४ अंकका साथ सेमिफाइनल खेल्ने साउदीको बलियो सम्भावना भने कायमै रहेको छ ।

ओमानमा जारी प्रिमियर कपमा नेपालले समूहको बलियो विपक्षी हङकङलाई हराउँदै सुधारिएको खेल देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?