गणेशमान सिंह क्रिकेट : लुम्बिनीको विजयी सुरुवात

लोकपथ
52
Shares

काठमाडौं । वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा लुम्बिनी प्रदेशले मंगलबार विजयी सुरूवात गरेको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगितामा लुम्बिनीले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै विजयी सुरु गरेको हो ।

गण्डकीले दिएको १३६ रनको लक्ष्य लुम्बिनीले १७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा ग-यो । लुम्बिनीका सुनिल भण्डारीले अविजित रहँदै सर्वाधिक ६० रन बनाए । ४६ बल खेलेका उनले ९ चौका प्रहार गरे । आकाश त्रिपाठी ४४ र कप्तान देव खनाल १८ रनमा आउट हुँदा कृष्ण कार्की ३ रनमा अविजित रहे ।

त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३५ रन बनायो । गण्डकीका अर्जुन कुमालले सर्वाधिक ३१ रन बनाए । १८ बल खेलेका उनले ५ चौका प्रहार ।

अमृत गुरुङ १३, ईश्वर क्षेत्री १२ र करण पंगेनी १२ रनमा आउट हुँदा कमल परियार १६ रनमा अविजित रहे । लुम्बिनीका नर सार्कीले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभरमा २२ रन खर्चिए। निर्मल गुरुङले २ विकेट लिँदा अभिषेक गौतमको नाममा १ विकेट रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?