सर्वोच्चले गोरखापत्र र टेलिभिजनका कार्यकारी अध्यक्षलाई पदबाट नहटाउन अन्तरिम आदेश

लोकपथ
195
Shares

काठमाडौं । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदी र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहलाई पदबाट नहटाउन सर्वोच्चबाट अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र साराङ्गा सुवेदीको संयुक्त इजालसले सुवेदी र शाहलाई पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको हो ।

सुवेदी र शाह दुवैलाई सात दिने स्पष्टीकरण सोधिएको थियो।संस्थाभित्र भएको सुधार एवं कार्य प्रगतिलाई उपेक्षा गर्दै एकातर्फी रुपमा गरिएको अपारदर्शी ढंगले कार्यसम्पादन मूल्यांकन गरी पक्षपात पूर्ण ढंगले कम अंक दिएर आफूहरुलाई जबरजस्ती असफल देखाउने प्रयास गरेको भन्दै मन्त्रालयमा स्पष्टीकरणसमेत बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?