साहित्यकार प्रकट पगेनी ‘शिव’को निधन

लोकपथ
117
Shares

काठमाडौं । साहित्यकार प्रकट पंगेनी ‘शिव’ को निधन भएको छ ।

निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको उनको मंगलबार दिउँसो ७० वर्षको उमेरमा निधन भएको हो ।

निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

झन्डै १५ सय गीत रचना गरेका प्रकटका ५० भन्दा बढी गीत रेकर्ड भइसकेका छन् । शिवका गीतमा विमल पराजुली, अमृत गुरुङ (नेपथ्य), यश कुमारदेखि मदनकृष्ण श्रेष्ठले समेत स्वर भरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?