१२ मङ्सिर २०७९, सोमवार

नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रियस्तरकोे बनाउने छलफल

२०७४,कार्तिक,१३,सोमवार ०४:४०

0
Shares

मेरिल्याण्ड, १३ कात्तिक नेपाली मूलका अमेरिकी, पत्रकार तथा साहित्यकार, सामाजिक अभियन्ताले नेपाली भाषाको अन्तर्राष्ट्रियकरण गर्नका लागि नेपाली भाषामा प्रकाशित महत्वपूर्ण कृति अनुवादमा जोड दिएका छन् उनीहरुले यसका लागि विदेशमा रहेका नेपालीसँग सहकार्य गरी अन्तर्राष्ट्रिय मापदण्डका आधारमा अनुवादको खाँचो भएको बताएका छन् । आइतबार अन्तर्राष्ट्रिय साहित्य समाज मेरिल्याण्ड च्याप्टरले आयोजना गरेको छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर नेपालले अर्को पुस्ताका लागि भाषा, संस्कृति र रीतिरिवाजका विषयमा समेत जानकारी दिने खालको प्रकाशन आवश्यक रहेको बताए उनले भने, “भावी पिँढीका लागि नेपालकाबारेमा जानकारी दिने विविध विषयमा विश्वव्यापी मान्यतामा रहेको अंग्रेजी भाषामा लेखिएको कृति अब आवश्यक भइसकेको छ पत्रकार नेपालले डायस्पोरामा रहेका नेपालीले आफ्नो ज्ञान, सीपको रुपान्तरण गर्न विशेष ध्यान दिनुपर्ने विचार राख्दै भावी सन्ततिका लागिसमेत नेपालसँगको साइनोकाबारेमा सोच्न आग्रह गरे अमेरिकाको राजनीतिमा होमिएका एचवी भण्डारीले नेपालका बारेमा अमेरिकी विश्वविद्यालयमा खोजीनीति गर्दा धेरै विषयमा अन्योल भएको भन्दै अब महत्वपूर्ण दस्तावेज अनुवाद गर्न ढिलो गर्न नहुने बताए कार्यक्रममा अनेसासका बोर्ड अफ ट्रस्टीका अध्यक्ष डा श्याम कार्कीले भाषा र साहित्यको जगेर्ना गर्न अनेसासले गरेका विभिन्न तरिकाको प्रयासका बारेमा जानकारी दिँदै मेरिल्याण्डमा भावी पिँढीका लागि नेपाली भाषा कक्षाको सञ्चालन गरिएको बताए एनआरएन मेरिल्याण्ड च्याप्टरका अध्यक्ष दुर्गा श्रेष्ठले नेपाली डायस्पोराले मातृभूमिको सामाजिक, आर्थिक रुपान्तरणका लागि सहयोगी भूमिका खेलेको भन्दै भाषा र संस्कृति जगेर्नामा पनि हातेमालो गर्न तयार रहेको बताए ।

प्रकाशित मिति: २०७४,कार्तिक,१३,सोमवार ०४:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । यही मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा फिल्मकर्मीहरूले दिएको उम्मेदवारीको राम्रै चर्चा भयो । प्रायः

काठमाडौं । निर्माण सम्पन्न भएर प्रदर्शनको लागि तयार चलचित्र ‘छक्का पञ्जा ४’ को डिजिटल राइट ओएसआरले खरिद गरेको छ ।

काठमाडौं । गत कात्तिक ११ गतेबाट प्रदर्शनरत फिल्म ‘महापुरुष’ चौथो सातामा प्रवेश गरेको छ । चौथो सातमा प्रवेश गर्दासमेत फिल्मले

काठमाडौं । आइडिया स्टुडियो नेपालले २०२२ नोभेम्बर १५ मा ‘आइडिया स्टुडियो सिजन ७’ को लागि आवेदन खुला गरेको छ ।

ताजा समाचार

धनुषा–४ मा अग्रता बढाउँदै एमाले
 २०७९,मङ्सिर,११,आईतवार २३:४०
विश्वकप फुटबल : मोरक्को विजयी
 २०७९,मङ्सिर,११,आईतवार २१:३१
इलाम–१ (१) मा लिम्बु र (२) मा राई निर्वाचित
 २०७९,मङ्सिर,११,आईतवार २०:४२