सेयर बजारमा १४.८१ अंकको गिरावट, कारोबार अझ घट्यो

लोकपथ
26
Shares

काठमाडौं । नयाँ वर्षको पहिलो कारोबार दिनबाटै ओह्रालो लागेको सेयर बजार तेस्रो दिन पनि लगातार घटेको छ । मंगलबार बजार १४.८१ अंकले घटेर नेप्से परिसूचक १९९१.७१ विन्दुमा रह्यो । कारोबार रकम पनि घटेर २ अर्ब १० करोड ३० लाख रुपैयाँमा सीमित भएको छ ।

यसअघि सोमबार १६.८२ अंकले घटेर परिसूचक २००६.५२ विन्दुमा रहँदा कारोबार रकम २ अर्ब ७९ करोड ७५ लाख रुपैयाँ थियो । त्यसअघि आइतबार बजार २.३५ अंकले घट्दा परिसूचक २०२३.३५ विन्दुमा थियो, कारोबार रकम ३ अर्ब ६ करोड रुपैयाँ थियो । यो साता तेस्रो कारोबार दिनसम्म पनि बजार कारोबारले सुधारको संकेत देखाएको छैन ।
१३ उपसमूहमा आज पनि सबै घट्दा परिसूचकसँगै कारोबार रकम घटेको हो । जलविद्युत र लघुवित्त उपसमूह सर्वाधिक घटेका छन् ।

कारोबारमा आएका कम्पनीमध्ये २ सय वटाको सेयरमूल्य घटेको छ भने ४२ वटाको मात्रै बढेको छ । २ कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।

घटेको बजारमा पनि सिद्धार्थ बैंक डिबेञ्चर ८९ को मूल्य बढेर सकारात्मक सर्किट स्तरमा पुगेको छ । गोर्खाज फाइनान्स, सिभिल बैंक डिबेञ्चर ८८, ग्रीन डेभलपमेन्ट बैंक, दिव्यश्वरी हाइड्रोपावरलगायत बडेका छन् ।

साताको तेस्रो दिन सर्वाधिक कारोबार हुने सेयर गोर्खाज फाइनान्सको रह्यो । उक्त फाइनान्सको १७ करोड ५९ लाख रुपैयाको सेयर किनबेच भएको छ । यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्सको ७ करोड ४३ लाख, पोखरा फाइनान्सको ६ करोड ६८ लाख र सर्वोत्तम सिमेन्टको ४ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

घटेका सेयरमा रुरु जलविद्युत परियोजनाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । पोखरा फाइनान्स, सीवाइसी नेपाल लघुवित्त, दोल्ती पावर, जनउत्थान सामुदायिक लघुवित्त लगायतका सेयर घटेका सूचीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?