नङ टोक्ने बानीले निम्त्याउन सक्छ यस्ता स्वास्थ्य जोखिमहरु

लोकपथ
385
Shares

काठमाडौं । नङ टोक्ने बानी स–साना बालबालिकाको मात्र नभएर ठुलो व्यक्तिहरुको पनि हुने गर्छ । यस्तो बानीले हामीले घरमा गालि पनि खाइरहने गरेका हुन्छौँ । तर के तपाईंलाई थाहा छ नङ टोक्ने बानीले हाम्रो स्वास्थ्यमा कस्तो असर पार्न सक्छ ? नङ टोक्ने बानीले हामी गम्भीर रोगको शिकार पनि हुन सक्छौँ । यस्तो बानीले हाम्रो स्वास्थ्यमा विभिन्न खालका समस्याहरु निम्त्याउन सक्छन् । आज हामी तपाईंहरुलाई नङ टोक्ने बानीले स्वास्थ्यमा पार्ने असरहरु र यस्तो बानीबाट छुट्कारा पाउने टिप्सका बारेमा जानकारी दिनेछौँ ।

नङ टोक्ने बानीले स्वास्थ्यमा पार्ने असरहरु :

ब्याटेरियल इन्फेक्सनको जोखिम
दाँतले नङ टोक्दा नङमा जम्मा भएको ब्याक्टेरिया मुखको माध्यमबाट शरीर सम्म पुग्ने गर्छ । नङ टोक्ने बानीले पारोनिचिया नामक ब्याटेरियाको संक्रमणको जोखिम बढ्न जान्छ । यो ब्याटेरियाले बिस्तारै–बिस्तारै हाम्रो शरीरमा घर नै बनाउने गर्छ । जसले गर्दा धेरै प्रकारका समस्याहरु आउन थाल्छन् । अर्को बेफाइदा भनेको यसको संक्रमणले नङमा पिप जम्ने र सुनिने हुन थाल्छ । समयमा नै उपचार नगरेमा ज्वरो आउने, शरीर दुख्ने जस्ता समस्याहरु देखापर्न थाल्छन् । मधुमेह रोगीका लागि यसको जोखिम धेरै हुनेगर्छ ।

प्राकृतिक विकास रोकिन सक्छ
नङ टोक्ने बानीले तपाईंको प्राकृतिक विकासमा नै बाधा पुर्याउन सक्छ । बारम्बार नङ टोक्दा नङको वृद्धिको तन्तुलाई क्षति पुग्न जान्छ । जसको कारणले नङको विकास रोकिन सक्छ ।

फंगल इन्फेक्शन हुन सक्छ

नङ टोक्दा नङमा जम्मा भएको फोहोर मुखको माध्यमबाट हाम्रो शरीरको अरु अंगहरुमा पनि पुग्न सक्छ र फंगल इन्फेक्शन हुन सक्छ । जसले हाम्रो शरीरले नियमित कार्य राम्रोसँग गर्न सक्दैन ।

दाँत दुख्ने हुन सक्छ
बारम्बार नङ टोक्दा दाँत कमजोर हुन सक्छ । जसले गर्दा गिजाबाट रगत आउने र दाँत दुख्ने समस्या देखापर्न सक्छ ।

आन्द्रामा हानी गर्न सक्छ ।
नङ टोक्दा नङमा रहेको फोहोर हाम्रो शरीरका पाचन तन्त्र र मेटाबोलिज्ममा गम्भीर क्षति पुर्याउन सक्छ । यसले पेट दुख्ने, बान्ता र पखाल जस्ता समस्याहरु आउन थाल्छन् ।

नङ टोक्ने बानीबाट छुट्कारा पाउने टिप्स
नङ टोक्ने बानी हटाउनको लागि तपाईं माउथ गार्डको मद्दत लिन सक्नु हुन्छ ।

तनाव हटाउने प्रयास गर्नुपर्छ । धेरै मानिसहरु तनावको कारणले पनि नङ टोक्ने गर्छन् ।

यदि तपाईं चाहानु हुन्छ भने नङमा नीमको रस पनि लगाउन सक्नुहुन्छ । जसले मुखमा हात लैजादा तितो हुन्छ जसले तपाइलाई र नङ टोक्न मन लाग्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?