महालेखा परीक्षकमा तोयम राय सर्वसम्मतले अनुमोदन

लोकपथ
39
Shares

काठमाडौं । संसदीय समितिबाट महालेखा परीक्षकमा तोयम राय सर्वसम्मत अनुमोदित भएका छन् । आज (मंगलबार) भएको संसदीय सुनुवाइमा उनको नाम सर्वसम्मतले अनुमोदन भएको हो ।

संवैधानिक परिषदले रायलाई गत चैत्र १८ गते महालेखा परीक्षकमा सिफारिस गरेको थियो ।

राय २०८० वैशाख २१ गतेसम्म अर्थसचिव रही तत्पश्चात् उपराष्ट्रपतिको कार्यालयमा सचिव र त्यसपछि राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारीका रुपमा काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?