सुदूरपश्चिममा पूर्वसहमति अनुसार जाऔँ विवाद मिलाऔँ : झलनाथ खनाल

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीसँगको भेटवार्तामा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भएको नेता खनालले बताएका छन् ।

सुदूरपश्चिममा देखिएको समस्याको हल गर्न दलहरूलाई एक आपसमा छलफल गराउनुपर्नेमा हाफ्नो जोड भएको उनले बताए । उनले प्रधानमन्त्रीसँगको छलफलमा नेकपा एसलाई मुख्यमन्त्री दिने समझदारी कार्यान्वयन गर्नबारे छलफल भएको र आफ्नो आग्रहमा प्रधानमन्त्री पनि सकारात्मक रहेको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपा एसलाई दिने सहमति गरेका थिए।
तर पछिलला विभिन्न घटनाक्रमका कारण रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्तिलाई दिने सहमति भएपछि माधव नेपाल रुष्ट बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?