एक्समा नयाँ अपडेट : अब नयाँ अकाउन्ट खोल्न पैसा तिर्नुपर्ने

लोकपथ
78
Shares

काठमाडौं । एक्सका मालिक एलोन मस्कले नयाँ प्रयोगकर्ताहरूका लागि ठूलो योजना सार्वजनिक गरेका छन्। इलोन मस्कले एक्समा आउने नयाँ प्रयोगकर्ताहरूले पोस्ट गर्न पैसा तिर्नुपर्ने बताएका छन् ।

उनले पैसा तिर्नुपर्ने भएपनि यो नाममात्रको रकम हुने बताएका छन्, यद्यपि उनले यसको शुल्क कति हुनेछ भनेर भनेका छैनन्।

इलोन मस्कले शुल्क लगाएपछि बट र फेक अकाउन्टबाट हुने पोष्ट कम हुने विश्वास व्यक्त गरेका छन् ।

किनभने अहिले जो कोहीले पनि नयाँ अकाउन्ट बनाएर कसैको पक्षमा पोस्ट गरिरहेका छन् । एलोन मस्कले भनेका छन् कि- ‘यस्ता पोस्टहरु रोक्नको लागि यो एक मात्र तरिका हो।’

एक्सको नयाँ नीति अनुसार एक्समा पोस्ट गर्दा, कसैको पोस्ट लाइक गर्दा, पोस्ट बुकमार्क गर्दा र पोस्टको रिप्लाई गर्दा पैसा तिर्नुपर्नेछ। तपाईं सित्तैमा एउटा मात्र खाता फलो गर्नसक्नु हुनेछ।

एक्सका मालिक बनेदेखि एलोन मस्कको सम्पूर्ण ध्यान एक्सबाट पैसा कमाउनमा केन्द्रित छ। पहिले एलोन मस्कले एक्सको सशुल्क सेवाहरू सुरु गरे र ब्लू टिक शुल्कमा आधारित बनाए।

ब्लू टिक यसअघि नि:शुल्क उपलब्ध थियो र यसका लागि केही सर्तहरू थिए। मालिक बनेपछि, एलोन मस्कले सर्तहरू परिवर्तन गरे र निलो टिक बनाउनका लागि शुल्कहरु लाग्ने बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?