गृहमन्त्रीलाई सहकारी पीडितको प्रश्न : जीबी राई र सागर केसी कहिले पक्राउ पर्छन् ?

लोकपथ
195
Shares

काठमाडौं । बुटवलको सुप्रिम सहकारीका वचतकर्ताहरुले उपप्रधान तथा गृहमन्त्रीलाई प्रश्न गर्दै संस्थाका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई र व्यवस्थापन सागर केसीलाई कहिले पक्राउ गर्ने भन्दै प्रदर्शन गरेका छन् । बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन ट्राफिकचोकसम्म पुगेको थियो ।

प्रतिपक्षमा हुँदा चर्को स्वरमा जीबी राईलाई पक्राउ गर्न किन नसकेको भन्दै प्रश्न गर्ने रवि लामिछानेले अहिले गृहमन्त्री हुँदा किन केहि नगरेको भन्दै पीडितहरूले प्रश्न उठाएका हुन् ।

प्रदर्शनमा सहभागीहरुले ’सहकारी ठगलाई राजनितिक संरक्षण बन्द गर,’ ’जीबी राई खोई ? भन्देउ रवि दाइ, ’गृहमन्त्री आफ्नो वचन पूरा गर, जीबी राई पक्राउ गर,’ ’ बचत रकम फिर्ता देऊ’ लगायतका नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?