साना पार्टीका कारण देशमा झगडा बढीरहेको छ : गगन थापा

लोकपथ
234
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा साना पार्टीका कारण झगडा बढिरहेको बताएका छन् । कांग्रेस अभियान अन्तर्गत धनगढी पुगेका महामन्त्री थापाले रेशम रन्जिता विवादलाई अंकित गर्दै साना पार्टीका कारण घर झगडा बढिरहेको बताएका हुन् ।

उनले मुलुकमा साना पार्टी नरहने अवस्था सृजना गर्नुपर्ने अवस्था रहेको टिप्पणी गरेका छन् । ‘महामन्त्री थापाले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग पनि तालमेल नगर्ने र एमालेले पनि गर्न नहुने बताएका छन् ।

‘चुनाव अगाडिको गठबन्धन असफल भयो । अब नेपाली कांग्रेसले गठबन्धन गर्दैन । नेकपा एमालेले पनि गर्दैन । अब निर्वाचन प्रणाली बदल्नु पर्छ त्यसको लागि कांग्रेस र एमाले मिल्नु पर्छ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?