विश्वविद्यालयहरूमा पार्टीका तर्फबाट कुनै हस्तक्षेप हुनु हुँदैन : शिक्षामन्त्री श्रेष्ठ

लोकपथ
65
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयहरूमा आफू र आफ्नो पार्टीका तर्फबाट कुनै हस्तक्षेप नहुने प्रस्ट पारेकी छिन् ।

सिंहदरबारमा आज विज्ञहरूसँग सुझाव लिँदै मन्त्री श्रेष्ठले कुनै पनि उपकुलपति वा पदाधिकारीलाई आफू वा आफ्नो पार्टीका मान्छेलाई नियुक्ति दिनु वा यस्तो काम गरिदिनु भनेर नभन्ने बताएकी हुन् ।

शिक्षाविद्हरूले त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष र रजिष्ट्रारमा दलीय भागबण्डाका आधारमा नभई खुला प्रतिस्पर्धाका आधारमा नियुक्त गराएकामा मन्त्री श्रेष्ठलाई धन्यवाद दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?