अन्तर्राष्ट्रिय समितिको बैठक निर्धारित समयमा सुरु नभएपछि बाहिरिए उपप्रधानमन्त्री श्रेष्ठ

लोकपथ
143
Shares

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायण काजी श्रेष्ठले प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक छाडेर हिँडेका छन् ।

तोकिएको समयमा बैठक सुरु नगरेपछि उनले आफ्नो अरू पनि काम भएकाले सांसदहरूलाई कुरेर बस्न नसक्ने भन्दै बैठक छाडेर मन्त्रालयतिर लागेका हुन् ।

मन्त्री श्रेष्ठसँगै मन्त्रालयका सचिव तथा कर्मचारीहरू पनि समितिबाट बाहिरिए सँगै बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?