१७ मङ्सिर २०७९, शनिवार

नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रियस्तरकोे बनाउने छलफल

२०७४,कार्तिक,१३,सोमवार ०४:४०

0
Shares

मेरिल्याण्ड, १३ कात्तिक नेपाली मूलका अमेरिकी, पत्रकार तथा साहित्यकार, सामाजिक अभियन्ताले नेपाली भाषाको अन्तर्राष्ट्रियकरण गर्नका लागि नेपाली भाषामा प्रकाशित महत्वपूर्ण कृति अनुवादमा जोड दिएका छन् उनीहरुले यसका लागि विदेशमा रहेका नेपालीसँग सहकार्य गरी अन्तर्राष्ट्रिय मापदण्डका आधारमा अनुवादको खाँचो भएको बताएका छन् । आइतबार अन्तर्राष्ट्रिय साहित्य समाज मेरिल्याण्ड च्याप्टरले आयोजना गरेको छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर नेपालले अर्को पुस्ताका लागि भाषा, संस्कृति र रीतिरिवाजका विषयमा समेत जानकारी दिने खालको प्रकाशन आवश्यक रहेको बताए उनले भने, “भावी पिँढीका लागि नेपालकाबारेमा जानकारी दिने विविध विषयमा विश्वव्यापी मान्यतामा रहेको अंग्रेजी भाषामा लेखिएको कृति अब आवश्यक भइसकेको छ पत्रकार नेपालले डायस्पोरामा रहेका नेपालीले आफ्नो ज्ञान, सीपको रुपान्तरण गर्न विशेष ध्यान दिनुपर्ने विचार राख्दै भावी सन्ततिका लागिसमेत नेपालसँगको साइनोकाबारेमा सोच्न आग्रह गरे अमेरिकाको राजनीतिमा होमिएका एचवी भण्डारीले नेपालका बारेमा अमेरिकी विश्वविद्यालयमा खोजीनीति गर्दा धेरै विषयमा अन्योल भएको भन्दै अब महत्वपूर्ण दस्तावेज अनुवाद गर्न ढिलो गर्न नहुने बताए कार्यक्रममा अनेसासका बोर्ड अफ ट्रस्टीका अध्यक्ष डा श्याम कार्कीले भाषा र साहित्यको जगेर्ना गर्न अनेसासले गरेका विभिन्न तरिकाको प्रयासका बारेमा जानकारी दिँदै मेरिल्याण्डमा भावी पिँढीका लागि नेपाली भाषा कक्षाको सञ्चालन गरिएको बताए एनआरएन मेरिल्याण्ड च्याप्टरका अध्यक्ष दुर्गा श्रेष्ठले नेपाली डायस्पोराले मातृभूमिको सामाजिक, आर्थिक रुपान्तरणका लागि सहयोगी भूमिका खेलेको भन्दै भाषा र संस्कृति जगेर्नामा पनि हातेमालो गर्न तयार रहेको बताए ।

प्रकाशित मिति: २०७४,कार्तिक,१३,सोमवार ०४:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कला, संस्कृतिको दृष्टिले विश्वकै धनी र समृद्ध मुलुक भएको बताएका छन् । नेपाल ललितकला

काठमाडौं । “गोल्डेन ओकको कमेडी यात्रा” आजबाट शुरु भएको छ । श्रावण महिनामा देशका विभिन्न सहरहरुमा गोल्डेन ओकले गरेका कार्यक्रममा

काठमाडौं । भारत र श्रीलंकाको दुई नाटक, नाटकको पुस्तक विमोचन र सांगितिक प्रस्तुतिसहित नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)

अमेरिकी ‘द भ्वाइस’ की प्रतियोगी नेपाली मुलकी परिजिता बाँस्तोला शीर्ष ८ मा पुग्न सफल भएकी छन् । सोमबारको प्रस्तुतिपछि उनी

ताजा समाचार

काठमाडौंमा हस्तकला व्यापार मेला हुने
 २०७९,मङ्सिर,१७,शनिवार ११:५२
मधेस प्रदेशमा १८ पूर्वमन्त्री पराजित
 २०७९,मङ्सिर,१७,शनिवार ११:१५
‘नेपाल होटल अवार्ड’ आयोजना हुने
 २०७९,मङ्सिर,१७,शनिवार १०:५९