आजबाट डिजेल, पेट्रोल र मट्टितेलमा नयाँ मूल्य

लोकपथ
9.6k
Shares

काठमाडौं । नेपाल आयल निगमले आज (मंगललबार) बिहानदेखि कायम हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँले मूल्य वृद्धि गरेको छ ।

नेपाल आयल निगम लिमिटेडका अनुसार इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरीद मूल्य अनुसार पेट्रोलियम पदार्थको प्रतिलिटर दुई रुपैयाँ ९६ पैसा र डिजेलको प्रतिलिटर तीन रुपैयाँ ४६ पैसा मूल्य बढाएको जानकारी सोमबार दिएको छ ।
नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १ सय ७८, डिजेल र मट्टितेल प्रतिलिटर रुपैयाँ १ सय ६१ रुपैयाँ पुगेको छ ।

निगमले पहिलो वर्गअन्तर्गत विराटनगर, चारआली, अमलेखगञ्ज,जनकपुर, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य १ सय ७५ रुपैयाँ ५० पैसा कायम गरेको जनाएको छ ।

यस्तै दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङका लागि १ सय ७७ रुपैयाँ मूल्य तोक्दा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलका लागि पेट्रोलको मूल्य १ सय ६१ रुपैयाँ कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?