सम्झौता भए पनि सहकारीपीडित सतर्क

लोकपथ
70
Shares

काठमाडौं । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) का अध्यक्ष कुशलभ केसीले सम्झौता बमोजिम सरकारले मागलाई कार्यान्वयन नगरे पुनः आन्दोलित हुने बताएका छन् ।

आमरण अनसनपश्चात् सोमबार भएको ५ बुँदे सहमति र आगामी रणनीतिको जानकारी दिन आयोजित कार्यक्रममा उनले चैतभित्र पीडितले रकम फिर्ता पाउँछन् भनेर बसे पनि सम्झौता कार्यान्वयन नभएको बताए । अब पनि माग सम्बोधन नभए आन्दोलनमा उत्रिने चेतावनी उनले दिए ।

उनले भने, ‘हामीसँग सम्झौता भएबमोजिम समय दिएका छौं । सरकारले छिटोभन्दा छिटो हाम्रो मागलाई कार्यान्वयन गरेन भने हामी पुनः आन्दोलन गर्छौ । जनताको हक अधिकार खोस्नेहरु होसमा आउ, यसरी समाजमा टिक्न सक्दैन ।’चैत मसान्तभित्र पीडितहरुको रकम फिर्ता आउँछ भनेर गरेको सम्झौता कार्यान्वयन नभएको उनले बताए । नयाँदेखि पुरानो सबै दलहरु मिलेको भन्दै उनले सहकारीपीडितको आवाज कसैले नसुनेको देखेसो गरे ।

सहकारीमा पैसा राखेर फिर्ता नपाउनेमध्येकी विमला दंगालले आफ्नै पैसा फिर्ता माग्दा पनि नपाउनुले अन्योल भएको बताएन । ‘हामीलाई सरकारले किन नहेरेको होला ? हाम्रो भने सरकार होइन ? हामी जनता कहाँ जानु ? हामी एक वर्ष भइसक्यो यस्तो दुःख पाएको । सरकारले किन नबुझेको होला ?’ उनले भनिन्, ‘हामीले सरकारसँग सरकारको पैसा मागेको होइन, हाम्रै पैसा मागेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?