नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार तेस्रो जीत हात पारेको नेपालले एक खेल्न बाँकी छँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

समूहबाट दुईवटा टिम सेमिफाइनलमा जानेछन् । समूह ‘ए’ मा नेपाल ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ ।

यसअघि नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले हराएको थियो । नेपालले समूह चरणको अन्तिम खेल बुधबार साउदी अरेबियासँग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?