गण्डकीका मुख्यमन्त्रीले १० गतेभित्र विश्वासको मत लिने

लोकपथ
208
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले १० गतेभित्र विश्वासको मत लिने भएका छन् । अधिकारीले आफूविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि नै विश्वासको मत लिन लागेका हुन् ।

सभामुखको समेत समर्थन लिएर अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएको भन्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा दायर गरेको रिटमा १० वैशाखमा पेशी तोकिएको छ ।

गत पुस २५ मा एमालेसहित माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?