मुख्यसचिव अर्यालसहित टेलिकमका ३० कर्मचारीसँग अख्तियारले बयान लिंदै

लोकपथ
130
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव अर्यालसहित टेलिकमका ३० जना कर्मचारीसँग बयान लिन थालेको छ ।

अख्तियारले नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतसम्भार सम्बन्धी ठेक्का प्रकरणको अनुसन्धानका क्रममा सञ्चालक समितिका पदाधिकारीहरुदेखि निर्णय प्रक्रियामा संलग्न अरु कर्मचारीहरुलाई बयानको लागी बोलाएको हो ।

नेपाल टेलिकमले प्रतिस्पर्धाबिना लगाएको बिलिङ प्रणाली मर्मतसम्भारको करिव ३अर्ब १५ रुपैयाँको ठेक्कामा कैफियत देखिएपछि विस्तृत अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?