सलमान र कट्रीनाको ‘भारत’ बुधबार नै रिलिज


प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलवार ०५:२६

काठमाडौं – नेपालमा अब फेरि हिन्दी फिल्म बुधबार रिलिज हुने भएको छ । 

चलचित्र विकास बोर्डले हिन्दी चलचित्र बुधबार रिलिज गर्न नपाउने केही समय अगाडि गरेको निर्णय काठमाडौ जिल्ला अदालतलको अन्तरिम आदेश मार्फत उल्टाईएको हो ।

चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्रकर्मी केसब भट्टराई नियुक्त भएपछि गरिएको यो पहिलो निर्णय थियो । जसको स्वागत सम्पुर्ण नेपाली चलचित्रकर्मीले गरेका थिए । 

फिल्म ‘भारत’ इद उल फितरको अवसर पारेर बुधबार रिलिज हुन लागेको हो । बोर्ड बलिउड फिल्म पनि नेपाली फिल्म जस्तै शुक्रबार मात्र रिलिज गर्न पाइने गरेको थियो । तर नेपाल वितरक कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले बुधबार नै ‘भारत’ नेपाल रिलिज गर्न पाउनु पर्ने भन्दै बोर्डको निर्णय विरुद्ध दिएको रिटमा अदालतले अन्तरिम आदेश जारी गर्दै फुकुवा गरेको हो ।

अदालतले अन्तरिम आदेशमा स्वतन्त्र व्यवसाय माथि हस्तक्षेप नगर्न समेत चलचित्र विकास बोर्डलाई सचेत गराएको छ । बोडको निर्णयका कारण  फिल्म ‘कलंक’को बुधबार नेपाल रिलिज रोकिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस
चिनियाँ चलचित्रको व्यावसायिकताबाट पाठ सिक्नु पर्छ : विकास बोर्ड अध्यक्ष भट्टराई

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले नेपालमा चिनियाँ चलचित्रको बजार खोज्न

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणमा ‘कबड्डी कबड्डी कबड्डी’ टिमको सहयोग

काठमाण्डौं । चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ टिमले भरतपुरमा निर्माणाधीन ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’लाई

चलचित्र ‘तिमीसँगै हुने मन छ’ मा रविन्द्र अनुबन्धीत

काठमाण्डौं । दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्र ‘तिमीसँगै हुने मन छ’मा अभिनेता

‘कबड्डी कबड्डी कबड्डी’को ‘माया पिरती’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को नयाँ गीत ‘माया पिरती’सार्वजनिक भएको छ ।