सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

लोकपथ
104
Shares

काठमाडौं । नयाँ वर्ष सुरु भएको पहिलो कारोबार दिनबाटै ओह्रालो लागेको सेयर बजार दोस्रो दिन अझ दोहोरो अंकले घटेको छ । बजार सोमबार १६.८२ अंकले घट्दा परिसूचक २००६.५२ विन्दुमा रह्यो ।

कारोबार रकम पनि घटेर २ अर्ब ७९ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ । आइतबार २.३५ अंकले घट्दै बजार २०२३.३५ विन्दुमा रहँदा कारोबार रकम ३ अर्ब ६ करोड रुपैयाँ थियो ।

आज १३ उपसमूहमा सबै घट्दा परिसूचकसँगै कारोबार रकम घटेको हो । फाइनान्स, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटनसँगै अन्य उपसमूह सर्वाधिक घटेका छन् ।

कारोबारमा आएका कम्पनीमध्ये १८४ को सेयरमूल्य घटेको छ भने ५२ वटाको बढेको छ । ८ कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।

घटेको बजारमा पनि माछापुछ्रे डिबेञ्चर २०८७, मेन्छियम हाइड्रोपावर, मध्य सोलु हाइड्रोपावरको सेयरमूल्य बढेको छ । 

सर्वाधिक सेयर किनबेच ज्ञादी ग्रुप अफ पावरको भएको छ । उक्त कम्पनीको सेयर १७ करोड ७३ लाख रुपैयाँको किनबेच भएको छ । यस्तै सीवाइसी नेपाल लघुवित्तको ७ करोड ७० लाख, सानीमा माई हाइड्रोपावरको ६ करोड ९१ लाखको सेयर किनबेच भएको छ । 

घटेका सेयरमा गुराँस लघुवित्त र दोल्ती पावरको नकारात्मक सर्किट नै लागेको छ । खानीखोला हाइड्रोपावर, निफ्रा ऋणपत्र २०८५/८६, माण्डू हाइड्रोपावर लगायतका कम्पनीको पनि सेयरमूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?