सशस्त्र प्रहरी निरीक्षक पदमा पदोन्नती भएका ५९ जनालाई दज्र्यानी चिन्ह प्रदान

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नती भएका एक जना तथा सशस्त्र प्रहरी निरीक्षक पदमा पदोन्नती भएका ५९ जनालाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा जेठ २० गते आयोजित एक समारोहका वीच दज्र्यानी चिन्ह प्रदान गरे ।  

नेपाल सरकार गृहमन्त्रालय सचिवस्तरको यही जेठ १७ गतेको निर्णयले उनीहरु सो दर्जामा पदोन्नती भएका हुन् । 

सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा संगठनमा आवद्वरही राष्ट्र र नागरीकको सेवा  सुरक्षामा कर्तव्यनिष्ट भई ईमान्दारितापूर्वक पु¥याएको योगदानको फलस्वरुप पदोन्नती भएको चर्चा गर्दै उनीहरुलाई आगामी दिनमा समेत दर्जासँगै बढेको जिम्मेवारी निर्वाहमा कटिवद्ध रहन निर्देशन दिए । 

सशस्त्र प्रहरी महानिरीक्षक खनालले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु पूर्णरुपमा व्यावसायिक भई सामूहिक भावनाका साथ जिम्मेवारी निर्वाहमा कृयाशिल रहनुपर्ने बताउँदै  व्यक्तिगत स्वार्थभन्दा माथि उठेर फौजी संस्कार र मर्यादामा रही संगठनलाई प्राप्त जिम्मेवारीका क्षेत्रहरुमा कृयाशिल रहीरहन निर्देशन समेत दिए । 

उनले अधिकृत तहका कर्मचारीले मातहत कर्मचारीलाई समेत सिकाउँदै उनीहरुको बृत्तिविकासमा ध्यान पु¥याउँदै राष्ट्र र संगठनले लिएको उद्देश्य पुरागर्ने कार्यमा कर्तव्यनिष्ट, लगनशील र ईमान्दारीतापूर्वक कटिवद्व भई लागिरहनुपर्ने बताए । 

सशस्त्र प्रहरी महानिरीक्षक खनालले नेपाल सरकारको ‘समृद्व नेपाल सुखी नेपाली’ को लक्ष्य साकारपार्न राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको भुमिका समेत महत्वपूर्ण रहने हुनाले राष्ट्र र नागरिकको सेवा, सुरक्षा तथा सहयोग र आपद्विपद्मा उद्धार कार्यमा अहोरात्र कृयाशिल रहन निर्देशन समेत दिए । 

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबाबु थापा र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?