एसीसी प्रिमियर लिग : नेपालसँग हङकङ ८ विकेटले पराजित

लोकपथ
1.3k
Shares

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर लिगमा नेपालले हङकङमाथि नेपालले ८ विकेटको सहज जीत हात पारेको छ ।

एसीसी प्रिमियर लिगमा नेपालले लगातार तेस्रो जीत हात पारेको हो ।

हङकङले दिएको ११५ रनको लक्ष्य पछ्याएको नेपालले १२.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

खेलमा ओपनर आसिफ शेखले १८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए । अर्का ओपनर कुशल भुर्तेल १९ बलमा ३ चौका र २ छक्कासहित ३२ रन बनाए भने ओपनर कुशल भुर्तेल र आसिफ शेखले ५।३ ओभरमा ७० रन जोड्दै शानदार सुरुवात गरेका थिए ।

यस्तै रोहित पौडेल २० बलमा ३ चौकासहित २५ रनमा नटआउट रहे । सन्दीप जोराले १७ बलमा १ चौका र १ छक्कासहित १९ रन बनाए । बलिङतर्फ हङकङका एहसान खान र यासिम मुर्तजाले १र१ विकेट लिए ।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

नेपाली टोली ६ अंकसहित समूह ‘ए’ तालिकाको पहिलो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?