एसीसी प्रिमियर कप : नेपाललाई हङकङले दियो ११५ रनको लक्ष्य

लोकपथ
234
Shares

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा हङकङले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । अल अमरेत क्रिकेट ग्राउण्ड १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १७.५ ओभरमा ११४ रनमा अल आउट भयो ।

कप्तान निजाकत खानले २६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर मार्टिन कोट्जी ८, निजाकत खान १२, बाबर हायत ६, अजिज खान ७, यासिम मुर्तजा २ नसरुल्ला राणाले ६, जिशान अली १४ र एहसान खान ११ रनमा आउट भए ।

खेलमा नेपालका अभिनाश बोहराले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट, ललित राजवंशीले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले २ र करण केसीले १ विकेट लिए ।

जारी प्रतियोगितामा नेपालले खेलेको यो तेस्रो खेल हो । यसअघि नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?