जसपाका पूर्व सांसद शाहमाथि आक्रमण गर्ने तीनजना प्रहरी नियन्त्रणमा

लोकपथ
91
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का पूर्व सांसद प्रमोद शाहमाथि आक्रमण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सर्लाहीको ईश्वरपूर नगरपलिका- ६ का पूर्व सांसद साहमाथि आइतबार राति झगडा मिलाउन गएको बेला एक समूहले आक्रमण गरेको थियो ।

सर्लाहीको प्रहरीले स्थानीय आर्यन चौधरी, सिद्धान्त चौधरी र सरोज माझीलाई पक्राउ गरेको हो । उनको टाउकोमा गम्भीर चोट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?