‘निर्वाचनमा महिलामाथि राजनीतिक हिंसा भयो तर उजुरी किन परेन ?’

लोकपथ
65
Shares

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०७९ को निर्वाचनमा महिलामाथि राजनीति हिंसा भएको बताएका छन् ।

सोमबार अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा निर्वाचन आयोग र ‘युएन वुमन’द्वारा आयोजित ‘निर्वाचन र महिला : नेपालका प्रयास, उपलब्धि र आगामी कार्यदिशा’ विषयक अन्तरक्रियाको उदघाटन सत्रमा उनले, २०७९ को निर्वाचनमा महिलामाथि राजनीति हिंसा भएको तर सिङ्गो देश सो विषयमा मौन रहेको बताए । उनले उक्त विषयमा उजुरी र गुनासो नआएको भन्दै सहन सक्ने क्षमता बढाउन थालेको हो ? भन्दै प्रश्न गरे ।

उनले भने,‘२०७९ को स्तानीय तहको निर्वाचन र सम्पूर्ण निर्वाचन सम्पन्न गर्दा धेरै ठाउँमा धेरै तरिकाबाट महिला हिंसा अर्थात राजनीति हिंसा भयो भन्ने अनुभुत गर्यौं । थोरै कानुनमा पनि व्यवस्था ग¥यौं । तर सिङ्गो देश यो विषयमा मौन रह्यो । कहिँ कतै उजुरी र गुनासो पनि आएन । के हामी सहन सक्ने क्षमता बढाउन थालेका हौं? वा महिला हिंसालाई बुझेनाैँ ?’

उनले संविधान र कानुनले स्पष्ट रुपमा तोकेको पद बाहेक अन्य पदमा महिला उम्मेद्वारी दिन र प्रतिनिधित्व गर्न उत्सुक नरहेकाप्रति चिन्ता व्यक्त गरे । राजनीतिक दलहरुबाट नै क्षमता र योगदानको अवमूल्यन हुने अधिकार र अवसरबाट वञ्चित गरिने काम भएको उनको भनाई छ ।

उनले भने,‘संविधान र कानुनले स्पष्ट रुपमा तोकेको पददेखि बाहेक अन्य पदमा उम्मेद्वारी दिन र प्रतिनिधित्व गर्न उत्सुक देखिएन । बाध्यकारीमा त उपाय नै भएन । यो उत्साह हामीमा किन आएन । हामीले सुनेका छौं । राजनीतिक दलहरुबाट नै क्षमता र योगदानको अवमूल्यन हुनेगर्छ । अधिकार र अवसरबाट वञ्चित गरिने किसिमको काम भइरहेको छन् । समग्रतामा निर्वाचनमा उत्साहजनक रुपमा महिलाको सहभागिता हुने वातावरण बनिसकेको छैन । यसमा कतिपय कानुनी अवरोधका पक्ष होलान, कतिपय स्रोत साधनका सीमा छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?