तोलामा सात सय रुपैयाँले बढ्यो सुनको मूल्य

लोकपथ
234
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला सात सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा आज छापावाला सुन प्रतितोला सात सयले वृद्धि भई एक लाख ३७ हजार पाँच सय निर्धारण भएको छ ।

शुक्रबारको तुलनामा आइतबार दुई हजार दुई सयले ओरालो लागेको छापवाला सुन आज भने पुनः उकालो लागेको हो । यस्तै, तेजाबी सुन आज प्रतितोला एक लाख ३६ हजार आठ सय ५० निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला १५ ले वृद्धि भएको छ ।

आइतबार प्रतितोला एक हजार सात सय कारोबार भएको चाँदीको मूल्य आज एक हजार सात सय १५ निर्धारण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?