अफगानिस्तान र पाकिस्तानमा वर्षा र चट्याङका कारण ५७ जनाको मृत्यु

लोकपथ
52
Shares

काठमाडौं । अफगानिस्तान र पाकिस्तानमा भारी वर्षा र चट्याङका कारण ५७ जनाको मृत्यु भएको छ । योसँगै दुवै देशमा एक हजारभन्दा बढी घरमा क्षति पुगेको छ भने २५० भन्दा बढी पशुपंक्षीको मृत्यु भएको बताइएको छ ।

ज्यान गुमाउनेमा अफगानिस्तानका ३३ र पाकिस्तानका २४ जना रहेका छन् । पाकिस्तानमा सबैभन्दा धेरै मृत्यु पञ्जाब प्रान्तमा भएको छ । दुवै देशका मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको छ ।

तालिवानको प्राकृतिक प्रकोप व्यवस्थापन मन्त्रालयका प्रवक्ता अब्दुल्लाह जनान साकले बाढीले राजधानी काबुल र देशका अन्य धेरै प्रान्तहरू प्रभावित भएको बताए । बाढीबाट झण्डै ८ सय हेक्टर बाली नष्ट भएको छ भने सडकमा क्षति पुगेको छ ।

सबैभन्दा बढी क्षति पश्चिमी फराह, हेरात, दक्षिणी जाबुल र कान्दाहार प्रान्तमा भएको छ। मौसम विभागले अफगानिस्तानका ३४ प्रान्तका अधिकांश क्षेत्रमा आगामी दिनमा भारी वर्षा हुने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?