१९ मङ्सिर २०७९, सोमवार

वाम गठबन्धनले आज प्रतिनिधि तथा प्रदेश सभाको उम्मेदवारी टुंगो लगाउँदै

२०७४,कार्तिक,१३,सोमवार ०२:४७

0
Shares

काठमाडौँ, १३ कात्तिक – वाम गठबन्धनले आज प्रतिनिधि सभा तथा प्रदेश सभाको दोस्रो चरणको उम्मेदवारी टुङ्ग्याउने भएका छन् आइतबार बसेको पार्टी एकता संयोजन समिति र उम्मेदवार छनोट समितिको संयुक्त बैठकले सोमबारसम्म सबै तहको उम्मेदवार निक्र्योल गर्ने निर्णय गरेको हो दुई जिल्लाका केही क्षेत्रमा उम्मेदवारीको विषयलाई टुङ्ग्याउन बाँकी रहेको जानकारी दिँदै माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले अरु क्षेत्रमा भने सहमति भएको बताइन् । उनले आइतबार प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फको उम्मेदवारको अन्तिम टुंगो लगाउने कार्यक्रम रहेकाले प्रत्यक्षतर्फको उम्मेदवारी छनोटलाई अन्तिम रुप दिन नसकिएको बताइन् वाम गठबन्धनको नियमितजसो छलफल गरेर उम्मेदवारको विषयमा लगभग अन्तिम निष्कर्षमा पुगिएको बताइए पनि कुनै निर्णय भने सार्वजनिक गरिएको छैन । उता उम्मेदवार छनोटको विषयमा छलफल गर्न एमाले स्थायी समितिको बैठक यो समाचार तयार पार्दासम्म जारी रहेको छ एमाले प्रचार विभागका सचिव विष्णु रिजालले उम्मेदवारकोआजसम्म टुंगो लाग्ने जानकारी दिए ।

प्रकाशित मिति: २०७४,कार्तिक,१३,सोमवार ०२:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले काठमाडौं उपत्यकाका नदी किनारमा बसिरहेका अव्यवस्थित बसोबासीहरुको विकल्पसहित समाधान खोजिने बताएका छन् ।

काठमाडौं । गण्डकी प्रदेशका खेलकुदमन्त्री तथा मनाङ प्रदेश सभा ‘ख’ बाट निर्विरोध प्रदेश सभा सदस्यमा निर्वाचित राजिब गुरुङ उर्फ दीपक

काठमाडौं । सत्तारुढ गठबन्धनले मुुलुकको विद्यमामन चुनौतीहरुको सामना गर्नुपर्ने आवश्यक्ताले वर्तमान गठबन्धनलाई निरन्तरता दिनुपर्ने निचोड निकालेको छ । निर्वाचनपछि बसेको

दाङ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ खण्डमा सडक मिचेर बनाएका संरचना हटाउन निर्देशन दिइएको छ । सडक डिभिजन कार्यालय दाङले

ताजा समाचार

रिलायन्स फाईनान्स १४ औँ वर्षमा प्रवेश
 २०७९,मङ्सिर,१९,सोमवार १९:४८