नाउपाबाट मुख्यमन्त्रीमा दुई जनाको दाबी पेश भएपछि प्रदेश प्रमुखको कार्यालयमा रञ्जिता

लोकपथ
1k
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट दुई जनाको दाबी पेश भएपछि पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ प्रदेश प्रमुखको कार्यालयमा पुगेकी छिन्।

लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको एकै पार्टीबाट मुख्यमन्त्रीमा दाबी पेश भएपछि अध्यक्ष चौधरी प्रदेश प्रमुखको कार्यालय पुगेकी हुन्।

लक्ष्मणकिशोरले नेपाली कांग्रेस, एकीकृत समाजवादीसहितको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । भने कैलाशले नेकपा एमालेसहितको दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।

नाउपाको पार्टीभित्र आन्तरिक विवाद चर्किएपछि पार्टीभित्र दुई धार देखिएको छ । मुख्यमन्त्रीमा दाबी पेश गरेका लक्ष्मण पार्टीका संस्थापक रेशम चौधरी पक्षका हुन् भने अर्का दाबेदार कैलाश अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर हुन् ।

पार्टीभित्रको आन्तरिक किचालोपछि रञ्जिता–रेशम पक्षबीच सुदूरपश्चिममा प्रतिष्ठाको लडाइँ देखिएको छ।
केन्द्रीय सत्ता समीकरणमा आएको फेरबदलपछि सुदूरपश्चिममा नाउपा नेतृत्वको सरकार बन्ने सम्भावना देखिएको हो।

यसअघि कांंग्रेस नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुखले बहुमत सदस्यसहित आइतबारसम्म दाबी पेश गर्न आह्वान गरेका थिए। सोही अनुसार संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुवै पक्षबाट दाबी पेश भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?