नाउपाकी इन्दिरालाई सांसदबाट नहटाउन सर्वोच्चद्वारा अन्तरिम आदेश जारी

लोकपथ
208
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट इन्दिरा गिरीलाई नहटाउन अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट गिरीलाई हटाउने निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले गिरीलाई प्रदेशसभा सदस्यको हैसियतमा काम कारबाही गर्न रोक नलगाउन अन्तरिम आदेश दिएको हो ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएको आरोप लगाउँदै कारबाही गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाएपछि उनको पदमुक्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?