इजरायलमा नेपाली श्रमिक सुरक्षित छन : मन्त्री अर्याल

लोकपथ
65
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले इजरायलमा रहेको नेपाली श्रमिकको विषयमा चासो व्यक्त गरेका छन् ।

आइतबार विहानदेखि इरानले इजरायलको राजधानी तेल अविवलगायतका क्षेत्रमा ड्रोन आक्रमण गरेपछि श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सुरक्षाको विषयमा चासो व्यक्त गरेका हुन् ।

श्रममन्त्री अर्यालले इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालसँग टेलिफोनमा सम्पर्क गरी नेपाली श्रमिकको बारेमा जानकारी लिएका हुन् । राजदूत रिजालका अनुसार अहिलेसम्म नेपाली श्रमिक सुरक्षित रहेको बताए । साथै दूतावासले अत्यावश्यक बाहेक घरबाट ननिस्कन नेपाली श्रमिकलाई आग्रह गरेको बताए ।  इजरायल चार हजार नेपाली छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?