सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाकै कैलाश चौधरीले पनि गरे दाबी पेस

लोकपथ
247
Shares

काठमाडौं । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीले पनि दाबी गरेका गरेका छन् ।

चौधरीले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एक जना स्वतन्त्र सांसदको समर्थन रहेको हस्ताक्षरसहित प्रदेश प्रमुख नजिर मियाँ समक्ष आइतबार दाबी पेस गरेका हुन् । कैलाश केन्द्रीय सत्ता गठबन्धनमा नाउपाका रञ्जिता श्रेष्ठ पक्षधर हुन् ।

यसअघि नाउपाकै सांसद लक्ष्मण किशोर चौधरीले नेपाली कांग्रेस, नेकपा एस लगायत दलहरूको समर्थन रहेको हस्ताक्षरसहित प्रदेश प्रमुख मियासमक्ष दाबी पेश गरेका थिए ।

प्रदेश प्रमुख मियाले अर्को पक्षले पनि दाबी पेश गरेकाले कानुनी परामर्शपछि निर्णय गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?