सेयर बजार २.३५ अंकले घट्यो, कारोबार ३ अर्ब ६ करोडमा सीमित

लोकपथ
26
Shares

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आइतबार २.३५ अंकले घट्दै २०२३.३५ विन्दुमा रह्यो । कारोबार रकम ३ अर्ब ६ करोड रुपैयाँमा सीमित भएको छ ।

१३ मध्ये ९ उपसमूह घट्दा परिसूचक घटेको हो । फाइनान्स, जलविद्युत, लघुवित्त र व्यापारबाहेकका सबै उपसमूह घटेका छन् । सर्वाधिक निर्जीवन बीमा उपसमूह १.०३ प्रतिशतले घटेको छ ।

कारोबार भएका कम्पनीमध्ये १२७ को सेयरमूल्य बढेको छ भने १०८ वटाको घटेको छ । १० कम्पनीको सेयरमूल्य स्थिर रह्यो । घटेको बजारमा पनि सृजनशील लघुवित्तको सेयरमूल्य बढेर सर्किट लागेको छ । एनआइसी एसिया लघुवित्त, दोल्ती पावर र राप्ती हाइड्रो बढ्नेको सूचीमा छन् ।

सर्वाधिक सेयर किनबेच सानीमा माई हाइड्रोपावरको भएको छ । सानीमाको सेयर २१ करोड ४७ लाख रुपैयाँको किनबेच भएको छ । यस्तै पोखरा फाइनान्सको ११ करोड ७ लाख, ज्ञादी ग्रुप अफ पावरको १० करोड ३८ लाख र सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर ८ करोड ९२ लाख रुपैयाँको किनबेच भएको छ ।

घटेका सेयरमा गुराँस लघुवित्तको नकारात्मक सर्किट नै लागेको छ । हिमालयन ८०–२०, तेह्रथुम पावर, तारागाउँ सिजेन्सी, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को सेयरमूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?