मुख्यमन्त्रीमा नाउपाका लक्ष्मणकिशोर चौधरीको दाबी पेस

लोकपथ
299
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मण किशोर चौधरीले दाबी पेस गरेका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहित चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

चौधरीले आइतबार दिउँसो प्रदेश प्रमुख नजीर मियाँलाई कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ६ र एकीकृत समाजवादीका ४ जनाको समर्थन रहेको हस्ताक्षरसहित मुख्यमन्त्रीमा मुख्यमन्त्री नियुक्त गर्न पत्र दिएका छन् ।

प्रदेश प्रमुख मियाले भने आफूले कानुनी परामर्शपछि मात्र निर्णय लिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?