आईपीएलमा आज : लखनउलाई पहिलो पटक पराजित गर्न होला त कोलकाता सफल ?

इडेन गार्डेन्स स्टेडियममै भएको पछिल्लो भेटमा पनि लखनउले कोलकातालाई एक रनले हराएको थियो ।

लोकपथ
351
Shares

काठमाडौं । आईपीएल २०२४ को २८औं खेलमा आज कोलकाता नाइट राइडर्स र लखनउ सुपर जाइन्ट्स भिड्दै छन्।
कोलकाता र लखनउबीचको खेल भारतीय समय अनुसार दिउँसो ३ः३० बजे कोलकाताको इडेन गार्डेन स्टेडियममा हुनेछ ।

प्रशिक्षक गौतम गम्भीरले कोलकाता नाइट राइडर्स र लखनउ सुपर जाइन्ट्स दुवै टोलीको प्रशिक्षण गरिसकेका छन् । गम्भीर सन् २०२२ र २०२३ मा लखनऊ टोलीका मेन्टर थिए भने अहिले उनी कोलकाता नाइट राइडर्सका प्रशिक्षक हुन् ।

अंक तालिकामा कस्तो छ दुवै टोलीको अवस्था ?

कोलकाता अहिले ६ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । कोलकाताले चार खेल मध्ये तीन खेलमा जित र एक खेलमा हार व्यहोरेको छ । कोलकाताको नेट रन रेट अन्य टिमको तुलनामा उत्कृष्ट छ । योसँगै लखनउको टोलीले पनि पाँच खेलेर ६ अंक जोडेको छ । लखनउले तीन खेलमा जित हात पारेको छ भने र दुई खेल हारेको छ । त्यसैले आजको यो खेल जित्ने टोली अंक तालिकाको दोस्रो स्थानमा रहनेछ ।

कोलकाता भर्सेस लखनउ

कोलकाता र लखनउबीच हालसम्म तीनवटा खेल भइसकेका छन् । भएका तीन खेलमा लखनउ कोलकातामाथि हावी भएको देखिन्छ । लखनउले तीनवटै खेल जितेको छ । यद्यपि, गम्भीर लखनउको मेन्टर हुँदा एलएसजीले यी तीनै खेल जितेको थियो। अब गम्भीर कोलकातासँग रहेकाले केकेआर टोलीले यो सुधार्ने प्रयास गर्नेछ ।

कोलकाताको इडेन गार्डेनमा यी दुईबीच हालसम्म एउटा मात्र खेल भएको छ । २० मे २०२३ मा भएको उक्त खेलमा लखनउले कोलकातालाई एक रनले हराएको थियो।

दुवै टोलीको अवस्था

टोलीको कुरा गर्दा कोलकाताका लागि एउटा खुसीको खबर पनि रहेको छ । उपकप्तान नितिश राणाले पुनरागमन गर्दैछन् । उनी फिट भइसकेका छन् र अभ्यास सत्रमा पनि टोलीसँग जोडिएका छन् । यसबाहेक फास्ट बलर हर्षित राणा पनि फिट भइसकेका छन् र फर्किने तयारीमा छन् । यी दुईको पुनरागमनसँगै कोलकाताको टोली बलियो देखिन्छ ।

लखनऊले भने आफ्ना दुबै फास्ट बलर मयंक यादव र मोहसिन खानलाई गुमाउने छ । चोटका कारण उनीहरु अझै मैदान फर्कने सम्भावना छैन ।
नविन उल हकले पनि अन्तिम खेलमा खास केही गर्न सकेनन् । यस्तो अवस्थामा वेस्ट इन्डिजका स्टार फास्ट बलर शामर जोसेफलाई डेब्यु गर्ने मौका मिल्न सक्छ । यस बाहेक देवदत्त पडिक्कल यस सिजन ब्याटिङमा फ्लप भएका छन् भने आयुष बडोनीको फर्ममा आउनु टोलीका लागि खुसीको खबर हो ।

दुबै टोलीको सम्भावित प्लेइङ-११

कोलकाता : सुनील नारायण, फिल साल्ट, अङ्क्रिश रघुवंशी, श्रेयस अय्यर, नितिश राणा,भेंकटेश अय्यर, रिंकु सिंह, आन्द्रे रसेल, रमनदीप सिंह, मिचेल स्टार्क, हर्षित राना,वैभव अरोरा, वरुण चक्रवर्ती

लखनऊ : केएल राहुल, क्विंटन डी कक, दीपक हुडा, मार्कस स्टोइनिस, आयुष बडोनी, निकोलस पूरन, क्रुणाल पाण्ड्या, रवि बिश्नोई, अरशद खान, नवीन-उल-हकरशमर जोसेफ, यश ठाकुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?