यस्तो रह्यो हिउँदे अधिवेशनको ७० दिन (पूर्णपाठ)

लोकपथ
65
Shares

काठमाडौंं । संघीय संसदको हिउँदे तेस्रो अधिवेशन आज (आइतबार) राति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको छ ।

आइतबार बसेको प्रतिनिधसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयको पत्र पढेर अधिवेशन आज राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य भएको जानकारी गराए ।

उनले भने,‘प्रतिनिधिसभाको चालु अधिवेशन आज राति १२ बजेबाट स्वतःअन्त्य हुने जानकारी गराउँदछु ’ यसअघि सरकारले आज रातिदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

बैठकमा सभामुख घिमिरेले संसदीय काम कारवाही सुनाउँदै ७० दिनमा २३ वटा बैठक बसेको र ८१ घण्टा ५५ मिनेट संसदीय काम कारवाही भएको जानकारी समेत गराएका थिए ।

उनले भने,‘ संघीय संसदको हिउँदे तेस्रो अधिवेशन २०८० माग २२ देखि सुरु भई ८१ बैशाख २ गतेसम्म ७० दिन चालु रह्यो जसमध्य २३ दिनहरुमा २३ वटा बैठक बसी ८१ घण्टा ५५ मिनेट संसदीय काम कारवाही भयो ।’

यस्तै, यस अधिवेशनमा ५ वटा सरकारी विधेयक दर्ता भएको छ । राष्ट्रियसभामा उत्पति भएका ३ वटा सरकारी र एउटा गैरसरकारी विधेयकमध्ये एउटाको सामान्य छलफल सकिएको र बाँकी ३ वटा पेश गरिएको छ । सभाको पहिलो र दोस्रो अधिवेशनमा राष्ट्रियसभाबाट प्राप्त ८ वटा विधेयकमध्ये २ वटा पारित भएको र ६ वटा समितिमा विचाराधीन रहेको छ ।

हिउँदे अधिवेशनबाट कूल ३ वटा विधेयक पारित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?