सुदूरपश्चिमको मुख्यमन्त्री नाउपालाई

लोकपथ
195
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री पाउने भएको छ ।

आज बालुवाटारमा भएको शीर्ष नेताबीचको छलफलमा नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिने औपचारिक सहमति भएको हो ।

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालल, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठलगायत शिर्ष नेताहरु सहभागी भएका थिए ।

सुदूरपश्चिम प्रदेशमा आज सरकार गठनका लागि दाबी पेश गर्ने अन्तिम दिन हो । शिर्ष नेताहरुबीच भएको छलफलमा सुदूरपश्चिम सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ भने बाँकी समय समाजवादीले नेतृत्व गर्ने सहमति बनेको हो ।

नाउपाले कैलाश चौधरीलाई मुख्यमन्त्रीमा अघि सारिने बताइएको छ । उनले आजै धनगढी गएर साँझसम्म मुख्यमन्त्रीमा दाबी पेश गरीसक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?