धादिङमा आइचर दुर्घटना हुँदा ८ जना घाइते, एकको अवस्था गम्भीर

लोकपथ
1.4k
Shares

काठमाडौं । धादिङको नीलकण्ठ नगरपालिका ५, श्रीमल टोल नजिकै आइचर दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । स्थानीय कृषि कर्मका लागि मल बोकेर जाने क्रममा बा३ख ८९४७ नम्बरको आइचर श्रीमल टोल नजिकैको दाउन्ने खोलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी १० वर्षीय बालक गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम कुमार केसीले लोकपथलाई जानकारी दिए ।

आइचरमा ५ बालबालिकासहित ९ जना व्यक्ति सवार रहेका थिए । दुर्घटनामा एक नाबालकको मृत्यु भएको छ भने अन्य ६ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई उद्दार गरी जिल्ला अस्पताल धादिङतर्फ ल्याइँदै गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?