गृहमन्त्री लामिछाने सार्वजनिक बस चढेर ट्राफिक प्रहरी र यात्रुहरुलाई लड्डु बाँड्न पुगेपछि…

लोकपथ
208
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नयाँ वर्ष २०८१ को अवसरमा प्रहरी कर्मचारी र सर्वसाधारणलाई मिठाइ बाँडेका छन् ।

शनिबार विहान थापाथलीको सडकमा उनले प्रहरी कर्मचारी र सर्वसाधारणसँग नयाँ वर्षको खुशियाली साटासाट गर्ने क्रममा मिठाइ बाँडेका हुन् । पैदल हिँडेका र सवारी साधनमा यात्रा गरिरहेकाहरुलाई उनले मिठाइ दिँदै नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?