सिड्नीको मलमा चक्कु हानेर पाँच जनाको हत्या

लोकपथ
273
Shares

काठमाडौं । अष्ट्रेलियाको सिड्नीस्थित एक व्यापारिक मलमा पाँच जनाको चक्कु प्रहार गरी हत्या गरिएको छ ।

चक्कु प्रहार गर्ने एक आक्रमणकारीलाई शनिबार सिड्नीको समुन्द्री किनारमा प्रहरीले गोली हानी मारेको प्रहरीले जनाएको छ ।

व्यस्त वेस्टफिल्ड बोन्डी जंक्शन शपिङ सेन्टरमा नौ जनासँग इन्गेजमेन्ट गरेपछि आक्रमणकारीलाई एक प्रहरी अधिकारीले गोली हानेको प्रहरीले जनाएको छ ।

‘त्यहाँ पाँच जना पीडित छन् जो यस अपराधिक कार्यको परिणामस्वरूप मरेका छन्,’ न्यू साउथ वेल्सका प्रहरी सहायक आयुक्त एन्थोनी कुकले पत्रकार सम्मेलनमा भनेका छन् ।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार, व्यस्त मलमा किनमेलमा मग्नरहेका मानिसहरुमाथि चक्कु आक्रमण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?