यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

लोकपथ
416
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ ।

जसअनुसार आज अमेरिकी डलरको नेपाली विनिमय मूल्य बढेको छ । बिहीबारदेखि स्थिर रहेको डलर आज एकको खरिद दर १३३ रुपैयाँ १७ पैसा र  बिक्री दर १३३ रुपैयाँ ७७ पैसका दरले कारोबार भइरहेको छ ।

त्यस्तै, यूरोको विनिमय मूल्य भने घटेर आज यूरो एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६ पैसा रहेको छ । शुक्रबार यूरो एकको खरिद दर १४२ रुपैयाँ ५३ पैसा र बिक्री दर १४३ रुपैयाँ १७ पैसामा कारोबार भएको थियो । 

यसैगरी, बेलायती पाउण्ड एकको १६६ रुपैयाँ १२ पैसा र बिक्री दर १६६ रुपैयाँ ८७ पैसा रहेको छ । शुक्रबार पाउण्ड एकको खरिद मूल्य १६६ रुपैयाँ ५३ पैसा र बिक्री दर १६७ रुपैयाँ २८ पैसा कायम थियो ।

त्यस्तै, आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?